खेर गएको पाँच वर्ष केपी ओलीले जिम्मा लिनुपर्छ : गगन थापा — OSNepal

खेर गएको पाँच वर्ष केपी ओलीले जिम्मा लिनुपर्छ : गगन थापा

LC (KTM) May 05, 2022 0

काठमाडौं २२ वैशाख । नेपाली कांंग्रेसका महामन्त्री गगन थापाले खेर गएको पाँच वर्षको जिम्मा कसले लिने भनेर प्रश्न गरेका छन् ।

बिहिबार काठमाडौंमा महानगरका क्रियाशील सदस्यको प्रशिक्षण कार्यक्रममा सहभागी भएका महामन्त्री थापाले यस्तो बताएका हुन् ।

खेर गएको पाँच वर्ष एमालेले जिम्मेवारी लिनुपर्ने बताएका उनले यसको दण्डको भागीदार पनि एमाले नै हुनुपर्ने बताएका छन् ।

‘पाँच वर्षमा महानगरमा एमालेले यो यो गरें भनेर अहिले आएको छ रु यो यो काम गरेर अब पाँच वर्ष जिताइदिनुस् भन्न एमालेको कोही आएको छ?’ उनले भने ।

गएको २०७६ सालको निर्वाचन देखि खेर गएको पाँच वर्ष कम्युनिस्ट पार्टीले लिनुपर्ने बताएका उनले अध्यक्ष केपी ओली जिम्मा लिनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर