संविधान कार्यान्वयन गर्न सरकार क्रियाशील- राज्यमन्त्री जवेगु

Posted By OS Nepal || Date: 18 October, 2016

झापा, २ कात्तिक । लिम्बू विद्यार्थी मञ्चको प्रथम अन्तर्राष्ट्रिय लिम्बू विद्यार्थी महासम्मेलन आजदेखि झापाको दमकमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महासम्मेलनमा स्वदेश तथा विदेशका ४०० बढी लिम्बू विद्यार्थीको सहभागिता रहेको छ ।महासम्मेलनको उद्घाटन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले संविधान कार्यान्वयन गर्न वर्तमान सरकारले तीनै तहको निर्वाचन गर्न प्रतिबद्ध भएको बताउनुभयो ।

उहाँले नयाँ संविधान कार्यान्वयन गर्न पनि निर्वाचन गर्न जरुरी भएको उल्लेख गर्दै मुलुकलाई शान्ति र समृद्धतर्फ उन्मुख गराउन पनि जनप्रतिनिधि चुन्ने अवसरमा सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (माले)का प्रमुख सचेतक तथा सांसद आइन्द्रसुन्दर नेम्बाङ, नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव आङ्काजी शेर्पालगायतले महासम्मेलनको सफलताको शुभकामना राख्नुभएको थियो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!