रौतहटमा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

Posted By OS Nepal || Date: 18 October, 2016

रौतहट, २ कात्तिक । रौतहटको शीतलपुर बैरगनिया गाविसमा माटोको ढिस्कोले पुरिएर एक बालिकाको आज मृत्यु भएको छ । घर लिपपोत गर्न पहेँलो माटो लिन लालबकैया नदीको किनारमा पुगेकी स्थानीयवासी १५ वर्षीया रुबीकुमारी यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

ढिस्कोमा पुरिएकी किशोरीलाई स्थानीय बासिन्दा, प्रहरीको सहयोगमा बाहिर निकालिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी बागमती नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन् । नदीमा नुहाउन गएकी बसतपुर–८ की ८० वर्षीया चन्द्रकलादेवी गिरी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको स्थानीय बासिन्दा र प्रहरीले खोजी गरिरहेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!