नेताहरुले गठबन्धन निरन्तर जान्छ भन्ने प्रतीज्ञा गरेपछि मात्र चितवनका जनताले विश्वास गर्छन् : टेकप्रसाद गुरुङ — OSNepal

नेताहरुले गठबन्धन निरन्तर जान्छ भन्ने प्रतीज्ञा गरेपछि मात्र चितवनका जनताले विश्वास गर्छन् : टेकप्रसाद गुरुङ

LC (KTM) May 05, 2022 0

चितवन २२ वैशाख । नेपाली कांग्रेकका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङले चुनाव पछि पनि गठवन्धन निरन्तर लाने भन्दै प्रतिज्ञा गर्न आग्रह गरेका छन् ।

बिहिबार भरतपुरमा आयोजना गरिएको सत्ता गठवन्धनको सभालाई सम्बोधन गर्ने क्रममा नेता गुरुङले यस्तो बताएका हुन् ।

चुनाव जितेपछि गठवन्धन बिर्सिने चलन भएको भन्दै उनले नेकपा माओवादी केन्द्रलाई चुनावपछि गठबन्धन बिर्सने हो भने विश्वास गर्न नसकिने बताएका छन् ।

नेताज्यूहरुले यो गठबन्धन निरन्तर जान्छ भन्ने प्रतीज्ञा गर्नुपर्छ अनि मात्र चितवनका जनताले विश्वास गर्ने दावी गरेका उनले सभालाई सम्बोधन गर्दै भनेका छन् , ‘तपाईंहरुले यो गठबन्धन निरन्तर लाने प्रतीज्ञा गर्नुस् । हामी तलका कार्यकर्ता तपाईंहरुको पछि पछि लाग्छौं ।’

गठबन्धनको नाममा कहिले कता कहिले कता लाग्ने र टुट्ने–फुट्ने प्रवृत्तिका कारण चितवनका नागरिकको भरोसा टुटेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर