८४ वर्ष एउटै कम्पनीमा यी शताब्दी पुरुष ! — OSNepal

८४ वर्ष एउटै कम्पनीमा यी शताब्दी पुरुष !

LC (KTM) May 05, 2022 0

रियो दि जेनेरियो, २२ वैशाख-यदि दैनिक कामको पेलाइले तपाईलाई कमजोर बनाइरहेको छ र धेरै लामो समयदेखि एउटै कार्यलयमा एउटै काम गर्दा दिक्क हुनुहुन्छ भने १०० वर्षीय वाल्टर ओर्थम्यानलाई हेर्नुहोस, जो एउटै कम्पनीमा ८४ वर्षदेखि छन् ।

गिनिज वल्र्ड रेकर्ड्स लिमिटेडले जनवरीमा ब्राजिलका बिक्री प्रबन्धक ओर्थम्यानले एउटै कम्पनीमा सबैभन्दा लामो करिअर बनाउने व्यक्ति भएको घोषणा गरेको थियो । उनी आठ दशकभन्दा बढी समयदेखि एउटै कपडा कम्पनीमा कार्यरत थिए ।

शताब्दी पुरुष ओर्थम्यानले दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि इन्डस्ट्रियास रेनक्स एसएमा ढुवानी सहायकको रूपमामा काम सुरु गरेका थिए । त्यतिबेला उनी जम्मा १५ वर्षका थिए । उनलाई एउटा स्थानमा पदोन्नति गरियो जहाँ उनी आजसम्म छन् ।उनी काम गर्ने कार्यलयको नाम फेरिएर अहिले रेनक्सभ्यू राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर