बालुवाटारमा प्रचण्ड र देउवाबीच भयो यस्तो सहमति

Posted By OS Nepal || Date: 19 October, 2016

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संविधान संशोधन प्रक्रिया तत्काल अगाडि बढाउने सहमति भएको छ । मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रचण्ड र देउवाबीच सकेसम्म सहमति गर्ने नभए प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । prachanda-and-sher-bahadur-deuwa-deuba-4276746प्रधानमन्त्री निवास वालुवाटारमा भएको प्रचण्ड र देउवबीच भएको छलफलमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनु अघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल गर्ने पनि दुई नेताबीच सहमति भएको छ । संविधान संशोधनमा सत्तासाझेदार दल कांग्रेस र माओवादीबीच नै साझा धारणा बन्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन् । प्रक्रिया अगाडि बढाउनको लागि देउवा तयार नहुँदा प्रधानमन्त्री प्रचण्डले मोर्चालाई भाका सार्दै टार्दै आएका छन् ।

छठ अघि पनि संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने मोर्चाले चेतावनी दिएको छ । मोर्चाले सीमाकंन, भाषा, नागरिक र राष्ट्रिस सभा लगायतको बारेमा संविधान संशोधन गर्नुपर्ने माग गर्दै आएको छ । संविधान संशोधन प्रक्रिया अगाडि नबढ्दा संविधान कार्यान्वयनको काम पनि प्रभावति भएको छ ।संविधान संशोधनमा सत्तारुढ दल नै उदासित भएको भनिएको बेला भारत भ्रमणबाट फर्किए लगत्तै प्रचण्डले छलफल थालेका छन् । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन नगर्दासम्म आफ्नो नेतृत्वको सरकारको औचित्य पुष्टि नहुने बताउदै आएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!