मोसुल कब्जा गर्न महिनौँ लाग्न सक्नेः फ्रान्स

Posted By OS Nepal || Date: 19 October, 2016

पेरिस, ३ कात्तिक । फ्रान्सका रक्षामन्त्री जाँ भेस लेड्रियानले मङ्गलबार फ्रान्सको राजधानी पेरिसमा आयोजित एक कार्यक्रममा इराकी सहर मोसुलमा इस्लामिक स्टेट (आईएस) विरुद्धको कारबाही चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।मोसुल क्षेत्रमा आईएस समूहको सशक्त सङ्गठन रहेको र यसलाई विश्वभरका गतिविधि सञ्चालन गर्न एक आधार इलाकाका रुपमा आईएसले प्रयोग गर्दै आएकाले कारबाही कैयौँ हप्ता अर्थात् महिनौँ लम्बिनसक्ने भनी प्रतिक्रिया दिनुभएको छ । article-doc-h9261-38axontzl34fffffd23ae56b7515-175_634x357फ्रान्सका रक्षामन्त्रीको यो भनाई इराकी फौजले मोसुलमा आक्रमण सुरु गरेको ठिक एक दिन पछि आएको छ । इराकी फौजले सोमबारदेखि मोसुल विद्रोहीबाट पुनः नियन्त्रणमा लिन कारबाही चलाएको छ । यसका लागि इराकले करिब ३० हजार सैनिकलाई प्रयोग गर्नेछ । यो इराकी सेनाले सन् २०११ मा अमेरिकी सेनालाई फिर्ता पठाएपछि आईएस विद्रोहीविरुद्ध थालिएको विशाल कारबाही हो ।

इराकी सेनालाई हवाई तथा स्थल कारबाहीमा सहयोग गर्दै आएको अमेरिकी सेनाले पनि मोसुल विद्रोहीको कब्जाबाट फिर्ता गर्ने लडाइँ लामो र जटिल हुने भनी प्रतिक्रिया जनाएको छ । यसैबीच मोसुलको राजनीतिक भविष्यलाई लिएर फ्रान्सले आगामी मङ्गलबार एक अन्तर्राष्ट्रिय बैठकको आयोजना गर्ने फ्रान्सका रक्षामन्त्रीले जनाउनुभएको छ । बैठकमा इराकमा आईएस विरुद्धको लडाइँमा सैनिक गठबन्धनमा सम्मिलित राष्ट्रका रक्षामन्त्रीहरुले सैनिक कारबाहीबारे मूल्याङ्कन गरी अघि बढ्ने योजना रहेको बताइएको छ । एएफपी

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!