आज प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै

Posted By OS Nepal || Date: 19 October, 2016

prachandaकाठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तीन बजे व्यवस्थापिका संसदमा सम्बोधन गर्ने भएका छन् ।

भारतको गोवा भ्रमणबाट फर्किएपछि प्रधानमन्त्रीले संसद्मा गर्न लागेको सम्बोधनलाई महत्वका साथ हेरिएको छ । सभामुख ओनसरी घर्ती मगरले ट्वीटरमार्फत् प्रधानमन्त्रीले आज सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी गराएकी छिन् ।

यता प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्री बुधबार दिउँसो तीन बजे व्यवस्थापिका संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक महत्वको विषयमा संसद्दलाई सम्बोधन गर्ने कार्यसूची रहेको रहेको छ । प्रधानमन्त्रीको सम्बोधन गोवा भ्रमणमा केन्द्रित हुने उनको निजी सचिवालयले जनाएको छ ।

मंगलबारको संसद् बैठकमा कांग्रेस र एमालेका सांसदले प्रधानमन्त्री प्रचण्डको गोवा भ्रमण र भारत, चीन र नेपालबीचको त्रिपक्षीय बैठकबारे जावाफ मागेका थिए ।

मंगलबार एमाले सांसद भरतमोहन अधिकारी र मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गोवा भ्रमणबारे जानकारी माग गरेका थिए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!