पर्यटकको रोजाइमा फिसिङ फार्म र रमिते डाँडा

Posted By OS Nepal || Date: 19 October, 2016

दोलखा, ३ कात्तिक । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ । मौसममा सुधार आएसँगै जिरी घुम्न आउने पर्यटकको रोजाइमा फिसिङ फार्म पर्ने गरेको हो । ramite-dadaदोलखाको सुन्दर नगरी जिरीमा भूकम्पपछि पर्यटकको सङ्ख्या घटेर शून्य अवस्थामा झरेको थियो । भूकम्पका कारण ठूलो भौतिक क्षति बेहोरेको जिरी अहिले बिस्तारै पुनःनिर्माणका साथ पुरानो लयमा फर्कंदैछ । केही साताअघिदेखि मात्र मौसममा सुधार आएपछि जिरी घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि आएको हो । देशका विभिन्न क्षेत्रबाट जिरीमा आउने पर्यटकको पहिलो गन्तव्य जिरीको फिसिङ फार्म बन्ने गरेको पाइएको छ ।

भूकम्पअघिसम्म जिरी आउने पर्यटकका लागि मुख्य आकर्षक गन्तव्य जिरी प्राविधिक शिक्षालय, पशु विकास फार्म, जिरी, जिरेश्वर मन्दिर लगायतका ठाउँ पर्ने गरेकामा अहिले जिरी आउने पर्यटकको नयाँ गन्तव्यका रुपमा फिसिङ फार्म र चारसय आठ खुड्किला माथिको रमिते डाँडा पनि थपिएको छ ।

फिसिङ फार्म सञ्चालक बाबुराजा श्रेष्ठका अनुसार दैनिक ५० देखि ७० जनाको हाराहारीमा आन्तरिक पर्यटकले फिसिङ फार्मको अवलोकन तथा भ्रमण गर्ने गरेका छन् । फिसिङ फार्ममा माछा मार्न पाइने र माछा खान पाइने भएकाले पर्यटकको जिरी बसाइलाई लम्ब्याउनुका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!