पूर्तिघाटमा धार्मिक पर्यटन महायज्ञ सुरु

Posted By OS Nepal || Date: 19 October, 2016

पर्वत, ३ कात्तिक । दक्षिण पर्वतको रानीपानी गाविससँग जोडिएको छिमेकी जिल्ला गुल्मीको पूर्तिघाटमा नौदिने धार्मिक पर्यटन महायज्ञ सुरु भएको छ । दिगो शान्ति मानव कल्याण र समतामूलक समुन्नत समाज निर्माणका लागि स्वधर्म संस्कृति र संस्कारको संरक्षण गर्दै ऐतिहासिक एवम् पुण्यभूमि प्रजापति क्षेत्र पूर्तिघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले कात्तिक १ गतेदेखि नौदिने धार्मिक पर्यटन महायज्ञ सुरु भएको हो । उक्त महायज्ञको उद्घाटन मुक्तिनाथ पीठाधिश्वर एकहजार आठ स्वामी लोकानन्द आचार्यले गर्नुभएको छ । gulmiमहायज्ञको उद्घाटन गर्दै आचार्यले मानव जीवनको मुख्य उद्देश्य नै ईश्वर प्राप्ति भएको बताउनुभयो । उहाँले मानव जीवनमा जानेर वा नजानेर गरेका गल्तीका कारण मानिसको भविष्य अन्धकार बनेको र वर्तमानमा साह्रै दुःख–कष्ट झेल्नु परेको बताउनुभयो । उहाँले पछिल्लो समय राजनीतिक दलका व्यक्तिले जातीय पहिचान किटान गरेका कारण समाजमा जातीय द्वन्द्व निम्तिएको बताउनुभयो । पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले धर्म, संस्कृति र संस्कारको संरक्षण गर्दै समग्र कालीगण्डकी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरी समुन्नत समाजको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कालीगण्डकी नदी भनेर चिनिने कृष्णगण्डकीको पौराणिक आध्यात्मिक धार्मिक एवम् प्राकृतिक सुन्दरताको महत्व र महिमाको प्रचारप्रसार गर्नुका साथै उक्त क्षेत्रका विभिन्न स्थानमा रहेका धार्मिक, प्राकृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदाको प्रचारप्रसार गर्नु नै महायज्ञको मुख्य उद्देश्य रहेको महायज्ञ आयोजक समितिका अध्यक्ष मोतिबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार महायज्ञबाट करिब रु १५ करोड रकम उठाउने लक्ष्य लिइएको छ । महायज्ञमा कथा श्रवण गर्नका लागि पर्वत, गुल्मी, बागलुङ, पाल्पा र स्याङ्जाका स्थानीयवासीको बाक्लो सहभागिता रहेको अध्यक्ष बुढाले जानकारी दिनुभयो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!