निर्वाचन आयोगले फेरि सोध्यो स्थापितलाई स्पष्टिकरण — OSNepal

निर्वाचन आयोगले फेरि सोध्यो स्थापितलाई स्पष्टिकरण

LC (KTM) May 05, 2022 0

काठमाडौ २२ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई फेरि निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहबारे स्थापितले गरेको टिप्पणी विषयलाई लिएर आयोले स्थापितलाई फेरि स्पष्टिकरण सोधेको हो ।

शाहको विषयमा उनले सामाजिक सञ्जाल तथा सञ्चार माध्ममा चर्को टिका टिप्पणी गरेपछि आयोगले आचारसंहिता २०७८ अनुकुल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

यस भन्दा अघि पनि आयोगले एक कार्यक्रममा यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोध्ने एक युवतीमाथि नै टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर