तीन केजी चाँदीसहित एक भारतीय पक्राउ

Posted By OS Nepal || Date: 19 October, 2016

राजविराज, ३ कात्तिक । भारतीय बजारबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको चाँदीसहित एक भारतीय नागरिकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले नेपाल–भारत सिमानामा पर्ने तिलाठी–८ बाट करिब तीन केजी चाँदीसहित भारतको मधुवनी जिल्ला हरिनगर–३ बस्ने १६ वर्षीय रमेश पासवानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

पक्राउ परेका भारतीय नागरिक र बरामद गरिएको चाँदीलाई बेल्हीस्थित भन्सार कार्यालय राजविराजमा बुझाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!