काँग्रेस महासमिति सदस्य राईको निधन

Posted By OS Nepal || Date: 19 October, 2016

भोजपुर, ३ कात्तिक । नेपाली काँग्रेस भोजपुरका महासमिति सदस्य मित्र राईको उपचारका क्रममा निधन भएको छ । विगत एक वर्षदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित राईको उपचारका क्रममा ५४ वर्षको उमरेमा विराटनगरको नोबेल अस्पतालमा मङ्गलबार दिउँसोे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली काँग्रेसले एउटा कुशल नेतृत्व र विकासप्रेमी व्यक्तित्व गुमाएको भन्दै राईको निधनबाट यतिबेला सिङ्गो नेपाली काँगे्रस भोजपुर शोकमा डुबेको नेपाली काँग्रेसका सचिव कैलाशकुमार आलेले बताउनुभयो ।

बाल्यकालदेखि नै काँग्रेसमा जीवन व्यतित गर्नुभएका राईले हालसम्म दुई कार्यकाल किसान सङ्घको सभापति र १२औँ महाधिवेशनबाट लगातार महासमिति सदस्यको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । राईलाई उहाँको घर होम्ताङ्ग ल्याई आज किराँत परम्पराअनुसार काँग्रेसले पार्टीको झन्डा ओढाएर दाहसंस्कार गर्ने जनाएको छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!