भत्किएको ६ तले भवनबाट ६ दिनपछि एक महिलाको जीवितै उद्दार गरियो — OSNepal

भत्किएको ६ तले भवनबाट ६ दिनपछि एक महिलाको जीवितै उद्दार गरियो

LC (KTM) May 05, 2022 0

बेइजिङ–मध्य चीनको चाङ्सा सहरमा भत्किएको एउटा ६ तले भवनको भग्नावशेषबाट एक महिलाको ६ दिनपछि जीवितै उद्दार भएको छ । सो विपद्मा कम्तीमा पाँच जनाको ज्यान गएको थियो भने १० जनाको जीवितै उद्दार गरिएको थियो । भवभित्र पुरिएर दर्जनौँ अझै बेपत्ता छन् ।

भवनको सुरक्षाका विषयमा अनुसन्धान भइरहेको छ । कमजोर सुरक्षा र निर्माण मापदण्ड, स्थानीय अधिकारीहरूको भ्रष्टाचारलगायतका कारण चीनमा ठूला भवन भत्किने गरेका छन् ।

चाङ्साका उद्धारकर्ताहरूले जीवनका संकेतहरू पत्ता लगाउन परम्परागत विधिहरू जस्तैः चिच्याउने, ढकढकाउनुको अतिरिक्त सुँघ्ने कुकुरहरू र ड्रोन परिचालन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर