सवारी दुर्घटना न्यूनीकरण गर्न समय तालिका

Posted By OS Nepal || Date: 19 October, 2016

खोटाङ, ३ कात्तिक । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले खोटाङमा सञ्चालित यातायातका सवारी साधनमा समय तालिका निर्धारण गरिएको छ । यात्रुबाहक सवारी साधनका लागि सम्बन्धित ठाउँबाट छुटेको समय र गन्तव्यमा पुग्ने समयसहितको तालिका निर्धारण गरिएको हो ।

पछिल्लो समय जिल्लामा सवारी साधनको चाप अत्यधिक बढेकाले सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न समय तालिका निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।“सबैभन्दा बढी हतारमा सवारी चलाउँदा दुर्घटना भएको देखिन्छ ।” उहाँले भन्नुभयो, “यसलाई न्यूनीकरण गर्न सबै सवारी साधनका लागि समय तालिका लागू गरिएको छ ।”

सवारी साधनका लागि निर्धारण गरिएको समय तालिका जिल्लाका सबै प्रहरी जाँच गर्ने ठाउँ ९चेकपोस्ट०मा पठाइएको प्रहरीले जनाएको छ । निर्धारित समयभन्दा अगाडि पुग्ने सवारी साधनलाई सम्बन्धित चेकपोस्टमा खटिएका प्रहरीले रोकेर कारबाही गर्ने ट्राफिक प्रहरी सहायक निरीक्षक तेजबहादुर बस्नेतले बताउनुभयो ।

प्रहरीका अनुसार दिक्तेलदेखि नुनथला पुग्न एक घन्टा ४५ मिनेट, नुनथलादेखि अर्खौले एक घन्टा, अर्खौलेदेखि हलेसी एक घन्टा १५ मिनेट, हलेसीदेखि च्यास्मिटार एक घन्टा ४५ मिनेट र च्यास्मिटारदेखि जयरामघाट पुग्न एक घन्टाको समय निर्धारण गरिएको छ । प्रहरीले समय निर्धारण गरेपछि आफूलाई सहज भएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताउनुभयो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!