एमालेका उम्मेदवारलाई विजयी गराउन अध्यक्ष ओलीको आग्रह — OSNepal

एमालेका उम्मेदवारलाई विजयी गराउन अध्यक्ष ओलीको आग्रह

LC (KTM) May 05, 2022 0

महेन्द्रनगर, २२ वैशाख- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्र र प्रदेश सरकारसित समन्वय गरेर विकास निर्माण र जनताका समस्या समाधान गर्न एमालेबाट उम्मेदवार बनेकालाई जिताउन आग्रह गर्नुभएको छ ।

कञ्चनपुरको बेलौरीमा आयोजित चुनावीसभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले स्थिरता र स्थायित्वका लागि सुदृढ राजनीतिक शक्ति चाहिने भन्दै यस्तो शक्तिलाई विजय गराउन नागरिकसँग आग्रह गर्नुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा लिएर राष्ट्र निर्माणमा जुट्न पनि उहाँले सबैसँग आग्रह गर्नुभयो । उहाँले एमाले सरकारमा रहँदा जनताका काम गरेको दाबी पनि गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर