बङ्गलादेशमा ७५ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप — OSNepal

बङ्गलादेशमा ७५ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

LC (KTM) May 05, 2022 0

ढाका, २२ बैशाख – बङ्गलादेशमा अहिलेसम्म कोरोना भाइरस विरुद्धको खोप ७५ प्रतिशतलाई लगाइएको छ । कुल जनसङ्ख्याको ७५ प्रतिशतले खोप लगाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । खोप लगाउन योग्य मध्येका भने ९८ प्रतिशतले खोप लगाएको पनि उनीहरूले स्पष्ट पारेका छन् ।

“हामीले कुल जनसङ्ख्याका ७५ प्रतिशतलाई खोप लगाएका छौँ, उनीहरु खोप लगाउन योग्य मध्ये ९८ प्रतिशत हुन,” बङ्गलादेशका स्वास्थ्य मन्त्री जाहिद मालेक्युले भन्नुभयो ।उहाँले कोरोना भाइरस विरुद्धको खोप अभियानमा उल्लेख्य सफलता हासिल भएको भन्दै सन्तोष व्यक्त गर्नुभयो ।

लक्षित बर्गका धेरैले खोप लगाइसकेकोले अव महामारीबाट धेरै क्षति नहुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । मन्त्री मालेक्युले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद दिनुभयो । विशेषगरि स्वास्थ्यकर्मीहरू धन्यवादको मुख्य पात्र भएको उहाँको भनाई छ । धेरै मानिसले कोरोना भाइरस विरुद्धको खोप लगाएकाले इद पर्व पनि ढुक्कसँग मनाउन पाइएको उहाँले अनुभव सुनाउनु भयो ।

बङ्गलादेशमा कोरोना भाइरस विरुद्धको खोप अभियान गत वर्षको जनवरीदेखि सुरु भएको थियो ।भारतले खोप उपलब्ध नगराएपछि बङ्गलादेशमा सबैभन्दा पहिला एस्ट्राजेनिका खोप लगाइएको थियो । त्यसपछि भने सिनोफर्मा, मोड्रना, फाइजर, सिनोभ्याक, जोनसन एण्ड जोनसनलगायतका खोपहरू पनि प्रयोग गरिएको अधिकारीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर