मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

Posted By OS Nepal || Date: 19 October, 2016

धनगढी, ३ कात्तिक । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान जगदीस बडूको मोटरसाइकल दुर्घटनामा गएराति मृत्युभएको छ । कैलालीको गोदावरीबाट धनगढी तर्फ आउँदै गरेको से २ प ५७७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दिलीपसिंह भण्डारीले बताउनुभयो । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का प्रहरी जवान हरि खड्का समेत घाइते भएका छन् । खड्कालाई उपचारका लागि भारतको हलद्वानी लगिएको छ । कार्यालय कामको सिलसिलामा दुबै जना मङ्गलबार गोदावरी गएका थिए ।

यस्तै पूर्व—पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडक खण्डमा आज बिहान ना ३ ख ९४३६ नम्बरको बस दुर्घटना हुँदा त्यसमा सवार १७ जना घाइते भएका छन् । दार्चुलाबाट कञ्चनपुरतर्फ गइरहेको उक्त बस सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!