मन्त्री बोहारा र जोशीसँग चिनीयाँ मन्त्रीको भेटघाट

Posted By OS Nepal || Date: 19 October, 2016

काठमाडौँ, ३ कात्तिक । आपूर्तिमन्त्री दीपक बोहरा र नेपाल भ्रमणमा रहनुभएका चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओबीच द्विपक्षीय भेटवार्ता भएको छ । आपूर्ति मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुका बीच उपभोक्ताको अधिकार संरक्षण र सहयोग आदानप्रदान तथा यस क्षेत्रको द्विपक्षीय सूचना आदानप्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर समेत भएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार सो समझदारीले दुई देशबीचको व्यापारलाई आगामी दिनमा थप अभिवृद्धि गर्न कोसेढुङ्गाका रुपमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।

सो अवसरमा मन्त्री बोहराले नेपाल र चीनबीचको व्यापारलाई अभिवृद्धि गर्न र उपभोक्ताको हक संरक्षण गर्न सम्झौताले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल र चीनबीच भएका पूर्व सम्झौतालाई कार्यान्वयन गर्न नेपाल प्रतिबद्ध रहेको चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङलाई जानकारी गराउनुभएको थियो ।

चिनीयाँ मन्त्री झाङले नेपाल र चीनबीचमा थप व्यापार अभिवृद्धि गर्न सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।यसैगरी उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग पनि आजै चिनीयाँ झाङले भेट गरी नेपालको उद्योग क्षेत्रको विकासमा चीनको सहयोगका बारेमा कुराकानी गर्नुभएको थियो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!