अपराध गर्ने साउदी अरबका राजकुमारको शिर काटेर मृत्युदण्ड दिइयो

Posted By OS Nepal || Date: 19 October, 2016

एजेन्सी । साउदी अरबका राजकुमारलाई मृत्युदण्ड दिइएको छ । आफ्नै साथीको हत्यामा दोषी ठहरिएका राजकुमार प्रिन्स टर्की बिन सऊद अल कबीरलाई मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।fasi

साउदी अरबमा हत्या, नशालु पदार्थको कालोबजारी गर्नेलाई मृत्युदण्डको सजाय दिने गरिन्छ । यस्ता अपराधिलाई तोकिएको सार्वजनिक स्थलमा तरवारले शिर काट्ने गरिन्छ । राजकुमार कबीरको पनि शिर काटिएको थियो ।

उनको शिर काटिएपछि त्यहाँको गृह मन्त्रालयले साउदीमा सबै (आम नागरिक र शाही खानदान) का लागि कानुन बराबर भएको बताएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!