धाकडको नयाँ गीतमा कंगना रनौतले सेटमै लगाईन् आगो , देखियो एकदमै हट — OSNepal

धाकडको नयाँ गीतमा कंगना रनौतले सेटमै लगाईन् आगो , देखियो एकदमै हट

LC (KTM) May 05, 2022 0

बलिउड अभिनेत्री कंगना रनौत अभिनित चलचित्र धाकडको नयाँ गीत सार्वजनिक भएको छ । फिल्मको नयाँ गीतमा उनी आगो लगाइरहेको देखिएकी छिन् । कंगनाले कसरी गीतमा आगो लगाएकी छिन् । यो म्युजिक भिडियो हेरेर मात्रै बुझ्न सकिन्छ । तर हो, शी इज अन फायर गीतमा उनले हट डान्स गरेकी छिन् । जसमा बादशाहले आफ्नो स्वर दिएका छन् । ‘शि इज अन फायर गीत रिलिज हुनुअघि नै निकै चर्चा भएको थियो ।

यस गीतमा कंगनाले आफ्ना धेरै अवतार फ्यानहरूलाई देखाइरहेकी छिन् । कहिले कंगना ग्लैमरस स्टाइलमा देखिएकी थिइन् भने कहिले फायरिङ गरेर आफ्नो कडा पक्ष देखाइरहेकी थिइन् । ‘शी इज अन फायर’गीतमा कंगनाले आफ्नो चरित्रलाई न्याय गरिरहेकी थिइन् । गीतमा कंगना रनौत र बादशाहसँगै अर्जुन रामपाल पनि फरक शैलीमा देखिएका छन् । गीतमा अर्जुन रामपाल पनि आफ्नो स्वैग देखाउन सफल देखिन्छन् । गीतमा बादशाहको संगीत रहेको छ ।

त्यसैले तपाइको जिब्रोमा पहिलो पटक यो गीत आउँछ । गीतको बारेमा कुरा गर्दै बादशाहले फिल्मको कथालाई ध्यानमा राखेर यो गीत तयार गरेको बताए । ुशी इज अन फायरु एजेन्ट अग्निमा आधारित छ, जसमा उनको साहस र आत्मा झल्किन्छ। गीतमा बादशाहसँगै निकिता गान्धीले स्वर दिएकी छन् । हितेन कुमारको संगीत रहेको छ । कंगनाको फिल्मको गीत रिलिज हुनेबित्तिकै हिट भएको छ । २ मिनेट ४० सेकेन्डको गीतले दर्शकको माया पाउन थालेको छ । अब यो फिल्म रिलिज भएपछि के गजबको गर्छ हेरौँ । धाकड मे २० मा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर