बोल्नै जान्दिनन् देउवा पत्नी आरजु , भन्छिन् - कांग्रेसको मेयर नै नभएपछि किन पैसा पठाउने ? — OSNepal

बोल्नै जान्दिनन् देउवा पत्नी आरजु , भन्छिन् – कांग्रेसको मेयर नै नभएपछि किन पैसा पठाउने ?

LC (KTM) May 05, 2022 0

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा बोल्न नजानेर सधै चर्चामा आउने गरेकी छिन् । उनी कहाँ के बोल्ने तथा कसरी बोल्ने भन्ने बारे अनबिज्ञ नै रहने गरेकी छिन् । यसैक्रममा उनले एकदमै ग्रैह जिम्मेवार कुरा गरेकी छिन् । उनले स्थानीय तह निर्वाचनमा कांग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने चेतावनी दिईन् । डडेलधुरामा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएकी हुन्।

उनले स्थानीय तहमा कांग्रेसको मेयर नै नभएपछि किन पैसा पठाउने भन्दै प्रश्न समेत गरेकि थिईन् । उनले भनिन् – कांग्रेसको मेयर नै हुनुहुन्न त हामीले किन पैसा पठाउँछौँ ? त्यसैले यो कुरालाई पनि ध्यान दिएर यो करुवा-सरुवा-हरुवा पार्टीहरुलाई भोट नहाल्नुस् । करुवा नेपाली कांग्रेस बीपीको चुनाव चिह्न हो। डडेल्धुराका केही पालिकामा कर्ण मल्लले नेपाली कांग्रेस बीपीलाई समर्थन गरेका छन्। कर्णलाई हालै कांग्रेसले साधारण सदस्यबाट समेत निष्काशित गरेका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर