राष्ट्रसङ्घको नयाँ महासचिव गुटेर्रेसलाई ओबामाको बधाई

Posted By OS Nepal || Date: 19 October, 2016

वासिङटन, ३ कात्तिक । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टोनियो गुटेर्रेस छनौट हुनुभएकोमा उहाँलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बधाई दिनुभएको छ । राष्ट्रपति ओवामाले गटेर्रेसको कार्यकालमा आफू अमेरिकाले नजिकबाट सहकार्य र सहयोग आदानप्रदान गर्न चाहेको उल्लेख गर्नुभएको छ । शान्ति स्थापना गर्ने उत्तरदायीत्व, राष्ट्रसङ्घको पुनःसंरचना गरी प्रभावकारीता बढाउनेलगायतका काममा सफलता मिलोस भन्ने कामना पनि ओवामाले गर्नुभएको छ ।antonio-guterresपोर्चुगलका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका गुटेर्रेसलाई फोन गरेर ओवामाले बधाई दिनुभएको हो । बधाई दिनेक्रममा राष्ट्रपति ओवामाले राष्ट्रसङ्घलाई आधुनिकिकरण र चुस्तदरुस्त बनाउन विषेश जोडसहित सुझाव दिनुभएको छ ।

वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्नुहुनेछ । केहीदिनअघि भएको राष्ट्रसङ्घको महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उहाँ राष्ट्रसङ्घको महासचिवमा औपचारिकरुपमा छानिनुभएको हो । गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधारकार्यमा उल्लेखनीयकार्य गरिसक्नु भएको छ । एएफपी

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!