बर्डफ्लुको त्रासका कारण भारतको केन्द्रीय चिडियाखाना बन्द

Posted By OS Nepal || Date: 19 October, 2016

नयाँदिल्ली, ३ कात्तिक । भारतको राजधानी नयाँदिल्लीमा रहेको केन्द्रीय चिडियाखाना अस्थायीरुपमा बन्द गरिएको छ । बर्डफ्लुका कारण चिडियाखानाका दुई चरा मरेपछि बर्डफ्लु नियन्त्रणका लागि बुधबारदेखि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको हो । 17-40244195_-_19_10_2016_-_india-health-bird-flu_0मरेका चराको परीक्षण गर्दा बर्डफ्लुका जिवाणु भेटिएको चडियाखानाका अधिकारीहरुले जानकारी दिएका छन् । केही दिनभित्रमा मरेका नौ ओटा चराहरुमध्ये दुई ओटामा मात्रै बर्डफ्लुको जिवाणु भेटिएको उनीहरुको भनाइ छ ।

अधिकारीका अनुसार केहीदिनका लागि मात्रै बन्द गरिएकाले खतरा नहुने निश्चित भएपछि चाँडै नै चिडियाखाना पुर्ववत् अवस्थामा खुल्ला गरिनेछ । एएफपी

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!