नेपाल धितोपत्र बोर्डले गोर्खाज फाइनान्सलाई दियो निर्देशन

Posted By OS Nepal || Date: 19 October, 2016

काठमाडौँ, ३ कात्तिक । नेपाल धितोपत्र बोर्डले गोरखा विकास बैंक र काठमाडौँ फाइनान्स गाभिएर बनेको गोर्खाज फाइनान्सलाई सेयर कारोबार नगरेकामा प्रश्न उठाउँदै तीन दिनभित्र जानकारी दिन निर्देशन दिएको छ । बोर्डले दुई संस्था गाभिएर एकीकृत कारोबार भएको लामो समय बितिसक्दा पनि सेयर अभिलेखीकरण नगरेको सम्बन्धमा जवाफ दिन आज निर्देशन दिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो । nepal-dhitopatra-board-1024x673लामो समयदेखि उक्त फाइनान्सको सेयर कारोबार नभएका कारण साधारण लगानीकर्ता मारमा पर्दै आएका छन् ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज पुँजीबार ४.८४ अङ्क अर्थात् ०.२७ प्रतिशतले ओरालो लाग्यो । होटल समूहको उपसूचक ०.०९ प्रतिशतले उकालो लागे पनि अन्य सबै समूहको उपसूचक ओरालो लाग्यो । बिमा समूहको सबैभन्दा बढी ५७.१३ अङ्क अर्थात् ०.६२ प्रतिशतले ओरालो लागेको नेप्सेले जनाएको छ । बजारमा आज रु ५६ करोड ४६ लाखको कारोबार भयो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!