अख्तियारका प्रमुख आयुक्त कार्की स्वदेश फिर्ता

Posted By OS Nepal || Date: 19 October, 2016

lokmanकाठमाडौँ, ३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की स्वदेश फर्किएका छन् ।

सर्वोच्च अदालतले १५ दिनभित्र उपस्थित हुन म्याद तामेली गरेको भोलिपल्टै कार्की स्वदेश फर्किएका हुन् ।

अदालतको म्याद तामेली छल्न बिदा थप्दै विदेशमा बसेका कार्की घरमा म्याद तामेली भएपछि बुधबार स्वदेश फर्किएका हुन् ।

योग्यतासम्बन्धी मुद्धा पुनरावलोकन गर्ने फैसला गरेपछि क्यानडा गएका कार्की विदेशमै रहदा सर्वोच्च अदालतले म्याद तामेली गरेपछि बुधबार साँझ स्वदेश फर्किएका हुन् ।

कार्की आउने सूचना पाएर विमानस्थलमा पुगेका पत्रकारलाई उनले केही प्रतिक्रिया दिन चाहेनन् । केही दिन अघिमात्र १० दिन बिदा थपेका कार्की विदेश बसाई छोट्याएर स्वदेश फर्किएको अख्तियार स्रोतले बताएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!