लोकमान कार्की निलम्बनमा परेको पत्र राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा पुग्यो

Posted By OSNepal, California, USA || Date: 19 October, 2016

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको पद स्वःनिलम्बनमा परेको पत्र व्यवस्थापिका संसद सचिवालयले राष्ट्रपति र प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

बुधबार साँझ संसद्मा महाअभियोग पत्र दर्ता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको पद स्वतः निलम्बनमा परेको पत्र राष्ट्रपति र प्रधानमन्त्रीकहाँ पुर्याइएको हो ।

संसद्मा महाअभियोग दर्ता भएपछि कार्की अभियोगको टुंगा नलागेसम्म कार्यालय गएर काम गर्न पाउने छैनन् । संवैधानिक प्रावधान अनुसार महाअभियोग लागेपछि कार्की स्वतः निलम्बनमा परेका छन् ।

बुधबार साँझ नै प्रमुख प्रतिपक्षी दल एमाले र सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रका १५७ सांसदले संसद्‌मा लोकमानविरुद्ध महाअभियोग दर्ता गराएका हुन्।

संवैधानिक प्रावधान अनुसार महाअभियोगको प्रस्ताव सम्पूर्ण संसद् सदस्य संख्याको कम्तिमा दुई तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदमुक्त हुन्छन् ।

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!