छोरीको अस्तित्व रक्षाका लागि प्रचण्डले देउवालाई प्रधानमन्त्री सुम्पनु राजनीतिक आत्मसमर्पण — OSNepal

छोरीको अस्तित्व रक्षाका लागि प्रचण्डले देउवालाई प्रधानमन्त्री सुम्पनु राजनीतिक आत्मसमर्पण

LC (KTM) May 06, 2022 0

काठमाडौं २३ वैशाख । नेकपा एमाले स्थायी समिति सदस्य मणि थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको राजनीतिक अन्त्य भइसकेको टिप्पणी गरेका छन् ।

प्रचण्डको परिवार र छोरी रेणु दाहालबारे चर्चा गर्न आफ्नो रुचि नभएपनि छोरीको अस्तित्व रक्षाका लागि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई
प्रधानमन्त्री सुम्पनु राजनीतिक आत्मसमर्पण भएको उनले बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा सहभागी भएका नेता थापाले गठबन्धनको केन्द्र भरतपुर हो र गठबन्धनको निरन्तरताका लागि रेणु दाहाललाई नजिताए गठबन्धन टुट्छ भन्नु महामूर्ख तर्क भएको बताएका छन् ।

स्थानीय तहको निर्वाचनले मुलुकलाई नयाँ ध्रुवीकरणतिर लगेको बताएका उनले देशभरि ३५ प्रतिशत पनि गठवन्धन नभएकाले यो खिचडी भविष्य नभएको बताएका हुन् । एमालेको राष्ट्रवादी, देशभक्त र जनपक्षीय चरित्रसँग डराएका प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बनेका उनको भनाइ रहेको छ ।

‘हिजो माओवादीसँग एमालेले गरेको गठबन्धन पार्टी एकताका निम्ति गरिएको थियो । वामपन्थीको पार्टी एकता त टिक्न सकेन । कांग्रेससँगको गठबन्धन भुइँतहको जनताले मन पराउँदैनन् । गठबन्धन जित र हारसँग जोडियो, समृद्धिको प्रश्नसँग जोडिएन ।’उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर