भरतपुर महानगरपालिकालाई पार्टीकाे भर्ती केन्द्र बनाइयाे : विक्रम पाण्डे — OSNepal

भरतपुर महानगरपालिकालाई पार्टीकाे भर्ती केन्द्र बनाइयाे : विक्रम पाण्डे

LC (KTM) May 08, 2022 0

चितवन, २५ वैशाख -राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिकालाई पार्टी कार्यालय जस्तो बनाएकाे आराेप लगाएका छन् ।

महानगर जनताले तिरेको करबाट चलेको भन्दै उनले तिरो तिर्न आउँदा पनि पार्टीगत रूपमा जनतालाई विभेद गरिएको बताए । महानगरलाइ भर्ती केन्द्रजस्तो बनाएर पार्टीका कार्यकर्ता भर्ती गरिएको उनकाे आराेप छ।

भरतपुर महानगरपालिका र माडी नगरपालिका सम्भावना बोकेको ठाउँ भएको उनले बताए । एमाले र राप्रपाले भरतपुर र माडीमा चुनावी तालमेल गरेका छन् ।

राप्रपा र एमाले राष्ट्रियताको सवालमा एक भएको भन्दै उनले राष्ट्रियताको सवालमा ओलीलाई धेरै माथि रहेको बताए । ‘म राजनीति गर्न जाने होइन विकास गर्न जान्ने व्यक्ति हो,´ उनले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर