अजोभस्टलमा यूक्रेनी सैनिकहरू लुकेर बसेका र अन्तिमसम्म लड्न तयार रहेको यूक्रेनी सेनाको दावी — OSNepal

अजोभस्टलमा यूक्रेनी सैनिकहरू लुकेर बसेका र अन्तिमसम्म लड्न तयार रहेको यूक्रेनी सेनाको दावी

LC (KTM) May 08, 2022 0

कीभ, युक्रेन, २५ बैशाख, -रूस नियन्त्रित शहर मारियुपलमा रहेको अजोभस्टल स्टील कारखानामा यूक्रेनी सैनिकहरू लुकेर बसेको बताइएको छ । रूसी सेनाका गतिविधि नियालीरहेको यूक्रेनी सैनिकले रुसी सेनाबाट प्रतिशोधको डरले आत्मसमर्पण गर्न नसकेको आइतबार बताएका छन् ।

“हामी, मारियुपोलको वरपर रहेका सबै सैनिक कर्मचारीहरू, रूसी सेनाले गरेका युद्ध अपराधहरूलाई प्रत्यक्ष देखेका छौं । हामी साक्षी छौं । आत्मसमर्पण एउटा विकल्प होइन किनभने रूसले हाम्रो जीवनको कुनै प्रवाह गर्दैन,” अजोभ रेजिमेन्ट गुप्तचर अधिकारी इया सामोलेन्कोले भन्नुभयो ।

“हाम्रा सबै सरसामानहरू सीमित छन् । हामीसित अझै साहस छ । प्रशस्त खाने खाद्यान्न नभएपनि हामीसँग अझै स्वाभिमान छ र यसले हामीलाई उर्जा दिएको छ । हाम्रा पाखुराहरू थाकेका छैनन् । हामीसँग सीमित भएपनि व्यक्तिगत हतियारहरू छन् । स्थितिको सर्वोत्तम समाधान नभएसम्म हामी लड्नेछौं,” सामोलेन्कोले भन्नुभयो ।युक्रेनले संयुक्त राष्ट्रसंघ र रेडक्रसको समन्वयमा भएको मानवीय मिसनका क्रममा सबै महिला, बालबालिका र वृद्ध नागरिकलाई अजोभस्टलबाट भाग्न दिइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर