युवा देखी बृद्धबृद्धा सम्मका ढुकढुकी मिक्लाजुङ वार्ड नम्बर ३ का अध्यक्ष पदका उम्मेद्धार सन्तोष मगर — OSNepal

युवा देखी बृद्धबृद्धा सम्मका ढुकढुकी मिक्लाजुङ वार्ड नम्बर ३ का अध्यक्ष पदका उम्मेद्धार सन्तोष मगर

LC (KTM) May 08, 2022 0

स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहेको छ । यसपाली देभरका बिभिन्न ठाउँमा कांग्रेस, माओबादी र नेकपा एसको गठबन्धन देखिएको छ । एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ । गाउँ गाउँमा दैनिक जसो चुनावी प्रचारका गीतहरु गुन्जन थालेका छन् । सबै उम्मेद्धार जित्नका लागि मैदानमा खडा भएका छन् । बिशेष गरेर यसपालीको स्थानीय तहको निर्वाचनमा युवा उम्मेद्धारले पनि राम्रै स्थान पाएका छन् । यस्तै युवा मध्ये एक हुन् सन्तोष कुमार मगर ।

उनी यसपाली मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पदका उम्मेद्धार रहेका छन् । उमेरले उनी ३९ बर्षका मात्र रहेका छन् । आफु जन्मिएको हुर्किएको अर्थात आफ्नै थातथलो बाटै उनी एमालेका तर्फ बाट उम्मेद्धार बनेका हुन् । सरल स्वभाव, मिजासिलो बानी र एकदमै ईमान्दार ब्यक्तिको रुपमा उनले गाउँमा छबी बनाएका छन् । उनको यहि बानी ब्यवहारका कारण गाउँका सबै युवा देखी बृद्ध बृद्धाले समेत मन पराउने गरेका छन् । गाउँघरमा यसपाली उनको चर्चा एकदमै राम्रो देखिएको छ । उनी संगै शिबलाल खड्का, चिरञ्जिबी पौड्याल, ईन्दु लिङदेन र उमा नेपाली उम्मेद्धारका रुपमा रहेका छन् ।

बिदेश यात्रा देखी समाजसेवा सम्म

सन्तोषको परिवारको आर्थिक अवस्था मध्यम बर्गीय हो । सिएल सम्मको अध्ययन गरेका सन्तोषले जागिरका लागि निक्कै प्रयत्न गरे । रोजगारी नपाए पछि उनी आफ्नो परिवार पाल्नकै लागि बिदेशीनु पर्ने बाध्यता आइलाग्यो । बिदेशमा उनले युएई र अफगानिस्तान गरेर ७ बर्ष बिताए । बिदेशमा बस्दा त्यहाँको राजनीति, बिकास र सिस्टमलाई देखेर उनमा पनि केही आत्मबल आयो । त्यहाँका नेताले जनतालाई माया गरेको देख्दा उनी छक्क परेका थिए । नेपालको राजनीतिक ब्यवस्था लाई हेरेर हरेक युवाको मनमा पोलिटिक्स इज द डर्टी गेम भन्ने भावना बिकाश भईरहेको बेला उनले बिदेश बाट धेरै ज्ञान सिके ।

उनले नेपालको हरेक राजनीतिक परिस्थितीलाई नजिक बाट नियाले अनि म राजनीति नै गर्छु । युवाको जोश जाँगर र भरोसा बन्छु भनेर फर्किए । सन्तोष भन्छन्– पोलिटिक्स इज नट डर्टी गेम, सम मेक्स डर्टी । राजनीति फोहोरी खेल हैन यसलाई केही खराब ब्यक्ति र नेतृत्वका कारण खराब बनाइएको मात्र हो । त्यसैले म यो फोहोरलाई सफा गर्न आफ्नै गाउँबाट सुरुवात गर्न गईरहेको छु । उनी बिदेश बाट आएपछि एमालेमा आबद्ध भए । पार्टीमा क्रियाशील रुपमा खटे । सन्तोष अहिले जिल्ला सदस्य रहेका छन् । यी ३९ बर्षिय युवालाई पार्टीले समेत बिश्वास गरेर उम्मेद्धारका लागि छनौट ग¥यो ।

आगामी योजना

मिक्लाजुङबासीकै सबैभन्दा ठुलो समस्या भनेको अहिले शुद्ध खानेपानी र सिंचाई नै हो । यो गाउँपालिका धेरै वडामा शुद्ध खानेपानी समेत पुग्न सकेको छैन । त्यस्तै खेतीका लागि आकाशकै भर पर्नु पर्ने अवस्था रहेको छ । यस्तो अवस्थामा सन्तोषले आफ्नो मुख्य योजनामा खानेपानी र सिंचाईको सहज उपलब्धता रहेको छ । उनले भने– लावा खोला खानेपानी आयोजना लाई पुरा गरेर गाउँ गाउँमा शुद्ध खानेपानी पु¥याउनु छ ।

त्यस्तै उनले सबै घर गाउँमा बिजुली बत्तीको पर्याप्तता, बाढी तथा पहिरोको नियन्त्रणका लागि उचित योजना अघि ल्याएको बताए । त्यस्तै मिक्लाजुङ एकदमै पर्यटकीय संभावना बोकेको ठाउँ भएकोले प्रबेशद्धारको रुपमा रहेको वडा नम्बर ३ मा पर्यटकका लागि बिभिन्न समुदायको सांस्कृतिक पहिचान झल्कने गरिको होमस्टेको ब्यवस्था, बाटो घाटो निर्माण आफ्नो प्राथमिकताको बिषय रहेको उनले बताए । त्यस्तै उनले बृद्धबृद्धा तथा अशक्तहरुलाई आवश्यक समन्वय गरेर घर घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन् ।

कृषी तथा पशुपालकोे राम्रो संभावना बोकेको क्षेत्र रहेकोले यसका लागि उचित ब्यवस्थापन गर्ने उनको भनाई छ । त्यस्तै खेलकूदको बिकाश लागि राम्रो सुबिधा सम्पन्न मैदान पनि आफ्नो योजनामा रहेको उनले सुनाए । उनले आफ्नो वार्डको बिकाशका लागि आफु सधै ईमान्दार रहेर काम गर्ने समेत बताए । साथै स्थानीय स्रोत र साधनको समुचित परिचालन गरि पारदर्शी र समान ढंगको बिकाश गर्ने आफ्नो उदेश्य रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर