गठबन्धन क्लियर भएको छैन, वागी उम्मेदवार दिएका हाम्रा पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउनुपर्छ : प्रचण्ड — OSNepal

गठबन्धन क्लियर भएको छैन, वागी उम्मेदवार दिएका हाम्रा पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउनुपर्छ : प्रचण्ड

LC (KTM) May 09, 2022 0

धनगढी २६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दे बागी उम्मेदवारका लागि मत मागेका छन् ।

कैलालीको कैलारी गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सोमबार बिहान अध्यक्ष प्रचण्डले गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका हुन् ।

सत्ता गठवन्धनको सह मति अनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो ।

सोही अनुरुप माओवादीले अध्यक्षमा अघिल्लो निर्वाचनमा पनि विजयी भएका लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले भगवती चौधरीलाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ ।

तथापी, माओवादी केन्द्रकी लक्ष्मी चौधरीले उपाध्यक्षमा वागी उम्मेदवारी दिएकी छन् ।

गठबन्धन गर्नुको अर्थ सबै ठाउँमा झुक्नु नभएको भन्दै उनले सम्बोधनमा भने, ‘गठबन्धन क्लियर भएको छैन, उम्मेदवार जुनसुकै रूपले अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर