निर्वाचनका लागि जुम्लामा सात सय सुरक्षाकर्मी परिचालन — OSNepal

निर्वाचनका लागि जुम्लामा सात सय सुरक्षाकर्मी परिचालन

LC (KTM) May 09, 2022 0

खलङ्गा- निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार ७२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र भयरहित तवरबाट सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो ।

निर्वाचन सुरक्षामा नेपाल प्रहरी ४३२, नेपाली सेना ३५०, सशस्त्र प्रहरी २७० र ६६९ म्यादी प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलनदेखि स्थलगत निरीक्षणको काम गरिरहेको छ ।

निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइसकिएको छ । निर्वाचनको सुरक्षा चुनौति आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । यहाँका आठ वटै स्थानीय तहमा नेपाली सेना परिचालन भएको नन्द बक्स गणका गणपति रवीन थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर