निर्वाचनमा देशभर २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन — OSNepal

निर्वाचनमा देशभर २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन

LC (KTM) May 09, 2022 0

काठमाडौं, २६ वैशाख -गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा करिव २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन गरिएको जनाएको छ ।

निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस्था र निर्वाचन व्यवस्थापन कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको हो ।

‘लोकतन्त्रको सफल अभ्यास गरी सही रुपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफुमा निहित राजनैतिक अधिकार स्वरुप प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रुपले हुनु आवश्यक छ,’ गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकै चरणमा विर्नाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर