अफगानिस्तानमा महिलाका अधिकार कटौती गर्ने तालिवानका निर्णय उल्ट्याउन अमेरिकाले दबाब दिने — OSNepal

अफगानिस्तानमा महिलाका अधिकार कटौती गर्ने तालिवानका निर्णय उल्ट्याउन अमेरिकाले दबाब दिने

LC (KTM) May 10, 2022 0

काबुल, २७ वैशाख-अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई महिला र बालिकाहरूका अधिकारमा प्रतिबन्ध लगाउने हालैका केही निर्णयहरू उल्ट्याउन दबाब दिने भएको छ । कट्टरपन्थी समूहले आफ्ना कार्यहरू सच्याउने संकेत नदेखाए समूहका निणर्य उल्ट्याउन दबाब दिने अमेरिकाले संकेत गरेको हो । तर, उसले समूहमाथि कस्तो दबाब दिने भन्ने बारेमा केही सार्वजनिक गरेको छैन् ।

‘हामीले यस विषयलाई तालिवानसँग प्रत्यक्ष रूपमा सम्बोधन गरेका छौं’, विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने । उनले सम्भावित कदमबारे विस्तृत विवरण दिएनन् ।

तालिबानले शनिबार महिलाहरूलाई सार्वजनिक रूपमा आफ्नो अनुहार छोप्न उर्दी जारी गरेको थियो । तालिबानको निर्देशनको सर्वत्र विरोध भएको छ ।
तालिबानले यसअघि सन् १९९६ देखि सन् २००१ मा शासन गर्दै महिलाहरुका अधिकांश अधिकार कटौती गरेको थियो । तालिबानले फेरि महिलाका एकपछि अर्का अधिकार कटौती गर्न सक्ने अफगानिस्तानमा त्रास बढेको छ ।

यसअघि समूहले छात्र र छात्रालाई सँगसँगै पढ्न रोक लगाएको छ । गत १५ अगस्टमा सत्तामा पुगेपछि तालिबान सरकारले आर्थिक संकट सामना गरेको छ । दातृ राष्ट्रहरुले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर