एकीकृत समावादीबाट अध्यक्ष पदको उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किए — OSNepal

एकीकृत समावादीबाट अध्यक्ष पदको उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किए

LC (KTM) May 10, 2022 0

काठमाडौं २७ वैशाख । नेकपा (एकीकृत समावादी)बाट झापाको गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार बनेका भूपनारायण राजवंशी नेकपा एमालेमा फर्किएका छन् ।

एमाले विभाजन हुँदा माधव नेपाल तिर लागेका राज वैंशीले आज अध्यक्ष ओलीलाई नै भेटर आफ एमालेमा नै फर्किएको बताएका हुन् । आफु पुन एमालेमा नै फर्किको भन्दै राजवंशीले एक विज्ञप्ती नै जारी गरेका छन् ।

नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालले नेतृत्व गरेको पार्टी निजी स्वार्थमा फसेको खुलासा गरेका उनले विज्ञप्तीमा भनेका छन् ,’ माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरुले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तराष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्यतथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिन’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर