हेटौंडा मोटरसाइकलले ठक्कर दिँदा सधैका लागि अस्ताईन मनमाया — OSNepal

हेटौंडा मोटरसाइकलले ठक्कर दिँदा सधैका लागि अस्ताईन मनमाया

LC (KTM) May 10, 2022 0

हेटौंडा, २७ वैशाख-हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१५, शिखरपानीमा मोटरसाइकलको ठक्करबाट ६० वर्षीया मनमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सोमबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पाख्रिनको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर