कृषिकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने — OSNepal

कृषिकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने

LC (KTM) May 29, 2022 0

काठमाडौं, १५ जेठ-अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषकलाई सहजरुपमा कर्जा प्रवाह गर्नका लागि पाँच खर्ब रुपैयाँ बराबरको लघुवित्त कोषको स्थापना गरिने बताएका हुन् ।

कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा प्रवाह गर्नुपर्ने कर्जातर्फको रकम लगानी गर्नुपर्ने उनले बताए ।कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमार्फत पनि निश्चित रकम लगानी गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री शर्माको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर