इन्डोनेसियामा सैनिक हेलिकप्टर दुर्घटना भएको केही दिनपछि चालकको उद्धार

Posted By OS Nepal || Date: 29 November, 2016

जकार्ता, १४ मङ्सिर । इन्डोनेसियाली सेनाको एक हेलिकप्टर चालकलाई निजले चलाएको विमान बोर्नेओ द्वीपमा दुर्घटना भएको केही दिनपछि जीउँदै उद्धार गरिएको एक अधिकारीले सोमबार बताए ।

उक्त हेलिकप्टरमा रहेका अन्य चार व्यक्ति अझै हराइरहेको बताइएको छ ।

बेल ४१२ हेलिकप्टरको भग्नावशेषसँगै यी घाइते चालकलाई आइतबार फेला पारिएको हो । मलेसियाको सीमासँगै दुर्गमस्थानको एक सैनिक केन्द्रमा आवश्यक सामग्री पु¥याउन तीन दिन अगाडि जाँदा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनास्थलसम्म पुग्न निकै कठिन भएकाले चालकलाई डोरीको माध्यमबाट उद्धार गरिएको सेनाका प्रवक्ता सब्रार फाधिलाहले बताए । उनले चालकलाई हाल उपचारका लागि अस्पताल लगिएको जानकारी दिए ।

फधिलाहले उडानको समयमा विमानमा रहेका अन्य चार व्यक्तिलाई उत्तरी कालिमान्तान प्रान्तको पहाडी क्षेत्रमा रहेको दुर्घटनास्थलमा फेला पार्न नसकिएको बताए । उनले खोजी कार्य कायमै रहेको उल्लेख गरे । रासस÷एएफपी

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!