आमरण अनसनको १७ औँ दिनमा गोविन्द केसीको स्वास्थ्य गम्भीर

Posted By OS Nepal || Date: 29 November, 2016

govinda-kcकाठमाडौँः आमरण अनसनको १६ दिन पुग्दा समेत सरकारले प्रा.डा. गोविन्द केसीका मागको सुनुवाई नगरेको भन्दै चौतर्फी विरोध भएको छ ।

केसीको स्वास्थ्य अवस्था भने १६ दिनदेखि गम्भीर बनेको छ । केसी अनसन बसेको आज अर्थात् मंगलबार १७ दिन पुगेको छ ।

सरकार र आमरण अनशनरत डा केसीका प्रतिनिधिबीचको सोमबारको वार्ता निष्कर्षमा पुग्न सकेन ।

सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक रुपमा अगाडि बढ्न सकेन । वार्ता प्रारम्भमा सकारात्मक भए पनि निष्कर्षमा नपुगेको स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले जानकारी दिए ।

वार्ताका मुख्य विषय डिन र त्रिविका उपकुलपतिका विषयमा सरकार र केसी पक्षबीच कुरा मिल्न नसकेको हो । डा केसीका तर्फबाट वार्तामा सहभागी डा लेसन महर्जनकाअनुसार वार्ता निष्कर्ष बिहिन हुँदै जादा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

केसीको स्वास्थ्य अवस्थाबारे सरकारले वेवास्था गरेको भन्दै सामाजिक सञ्जाल र सडहमा आन्दोलन सुरु भइसकेको छ ।
केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको डा. महर्जनले बताए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!