नायिका रेखा थापा खनरनाक भिलेन भएपछि..(भिडियो)


rekha-thapaकाठमाडौंः नायिकालाई दर्शक सधैँ नायिकाकै रुपमा हेर्न चाहन्छन् । तर, नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा भने खतरनाक भिलेन भएकी छिन् ।

अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको ‘डायरी’ चलचित्रको टिजर रिलिज भएसँगै रेखा थापा भेलेन भूमिकामा सार्वजनिक भएकी हुन् ।

नायिका थापा यसरी पहिलो पटक भेलेन बनेर सार्वजनिक हुँदा यसको चर्चा चौतर्फी बनेको छ ।

एक्शन तथा सस्पेन्सले समेटिएको चलचित्रमा रेखालाई भिलेनको रुपमा उतारेर दर्शकलाई चलचित्रप्रति जिज्ञासा बढाउने काम निर्माण पक्षले गरेको छ ।

चलचित्र डायरीमा निर्माता छुल्ठिम मुख्य भूमिकामा छिन्। चलचित्रमा रेखा, छुल्ठिम सँगै नव नायक सन्नी सिंह मुख्य भूमिकामा देखिनेछन्।

त्यस्तै अन्य कलाकारमा दिनेश डिसी, राजु लामा, कुशल विष्ट, रुपा राना, विनोद पौडेल, पिटर तामाङको अभिनय रहेको छ । अनिल योञ्जनले निर्देशन रहेको फिल्मलाई छेतन गुरुङले लेखेका हुन्।

[its_video]https://youtu.be/aSgUk8AKioY[/its_video]

Comment