खेल्दा–खेल्दै युभेन्टसका डिफेन्डरको खुट्टा भाँचियो

Posted By OS Nepal || Date: 29 November, 2016

alvesकाठमाडौंः फुटबल खेल्दाखेल्दै युभेन्टसका डिफेन्डर ड्यानी आल्भेसको खुट्टा भाँचिएको छ । ्जेनोआसँगको खेलका क्रममा डिफेन्डर आल्भेसको खुट्टा भाँचिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अल्भेसको खुट्टा भाँचिएपछि खेलमा युभेन्टस जोनोआसँग ३–१ गोलअन्तरले पराजित भएको छ । खेलकै क्रममा विश्व चर्चित खेलाडी ३३ वर्षीय आल्भेसको खुट्टा भाँचिएको क्लबले विज्ञप्ति मार्फत् पुष्टि गरेको छ ।

खेलका क्रममा उनको देब्रे खुट्टा भाँचिएको हो । खुट्टाको भिबुला नामक हड्डी भाँचिएको समाचारमा उल्लेख छ । यी ब्राजिलियन खेलाडी केही समय अघि मात्र दुई वर्षका लागि युभेन्टससँग अनुबन्धित भएका थिए ।

युभेन्टसले आल्भेसको खुट्टा भाँचिदा ठूलो नोक्सानी भएको बताएको छ । सोही खेलको पहिलो हाफमा युभेन्टसकै अर्का डिफेन्टर लियोनार्डो बोनुची समेत घाइते भएका थिए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!