मधेसी मोर्चा फेरी आन्दोलनको तयारीमाः प्रचण्डले धोका दिएको आरोप

Posted By OS Nepal || Date: 29 November, 2016

morchaकाठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको भन्दै संघीय गठबन्धनका नेताले आन्दोलनको तयारी थालेका छन् ।

प्रधानमन्त्रीले संविधान संशोधनमा साथ दिन आग्रह गरेपछि संविधान संशोधनमा सहभागी हुन तयार रहेको बताएको मोर्चाले प्रधानमन्त्रीले धोका दिएको भन्दै आन्दोलनको तयारी गरेको हो ।

गठबन्धनले सोमबार आन्दोलनको तयारीका विषयमा छलफल गरेको हो । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अब आन्दोलनको विकल्प नभएको बताए ।

सरकारका पछिल्ला दिनका गतिविधिले संविधान संशोधनको सम्भावना नरहेको भन्दै आन्दोलन गर्नुको विकल्प नभएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको भनाइ छ ।

सोमबार अध्यक्ष यादवले प्रधानमन्त्रीसँगभेट गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानीमा गरेका छन् । उनले नेतासँग दैनिक कुरा भए पनि सरकारले आफ्ना मागका सम्बन्धमा सत्तापक्ष दल गम्भीर नभएको आरोप लगाए ।

मधेस आन्दोलनमा बलेको आगो केही समयका लागि निभेको भए पनि सरकारले दिएको आश्वासन पूरा हुन नसकदा आन्दोलनको खतरा पुन बढेको देखिन्छ । मधेसी मोर्चाले केही दिनमै आन्दोलनको घोषणा हुने बताए ।

संविधान संशोधनको प्रस्तावका विषयमा भइरहेको छलफलबारे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने, ‘कुरा मिलिसकेको छैन, मधेशी मोर्चा र सत्तापक्षभित्रै केही कुरा मिलाउनु पर्ने भएकाले छलफल तीब्र रुपमा भइरहेको छ, अझै एक–दुई दिन लाग्छ जस्तो छ।’

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!