माओवादी नेता नारायणकाजी श्रेष्ठले दुई लाख डलर लुकाएको आरोप

Posted By OS Nepal || Date: 29 November, 2016

narayan kajiकाठमाडौँः माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विदेश विभागको रकमको हिसाव किताव नदेखाएको सार्वजनिक भएको छ।

पछिल्ला दिनमा पार्टीकै कार्यकर्ताबाट विभिन्न आरोप खेप्दै आएका श्रेष्ठमाथि दुई लाख डलर बराबरको हिसाब नबुझाएको आरोप लागेको हो।

नेता श्रेष्ठले पार्टी विदेश विभागको जिम्मेवारीमा पारदर्शिता नदेखाएको आरोप छ । अरुले गरेको काममाथि चर्को स्वरमा पारदर्शिता खोज्ने नारायणकाजी आफैले सम्मालेको विभागको बर्षौदेखिको हिसाव किताव तथा अन्य गतिविधि पारदर्शी नपारेको भन्दै नेता तथा कार्यकर्ताले प्रश्न गर्न थालेका छन्, अरुको हिसाव खोज्ने काजी कमरेड, विदेश विभागमा थुप्रिएको डलरको हिसाव कसले गर्ने ?

माओवादी केन्द्रका अन्य विभाग तथा भातृ संगठनहरु लथालिगं रोगले ग्रस्त भएजस्तै विदेश विभाग पनि लंगडो हुन पुगेपछि नारायणकाजीको पनि गफ रहेछ भन्दै कार्यकर्ताले उडाउन थालेका छन् ।

माओवादीबाट अलग भएर नयाँ शक्ति बनाएका बाबुराम भट्टराईले प्रवासमा राम्रो संगठन बनाएपनि माओवादी विदेश विभागको काम भने विदेशमा पार्टीको संगठन मजवुत बनाउने भन्दा पनि लेवि उठाउने र घुमधाम गर्नेमा केन्द्रित भएको माओवादी केन्द्रका एक नेताले बताए ।

माओवादी स्रोतका अनुसार विदेश विभागले झन्डै २ लाख भन्दा बढी डलरको हिसाव पार्टीलाई नबुझाएकोख बर आजको साघु साप्ताहिकले उल्लेख गरेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!