गौवध गरेको आरोपमा न्यौपानेलाई मुद्दा

Posted By OS Nepal || Date: 29 November, 2016

बनेपा, १४ मङ्सिर । प्रहरीले गौवध गरेको आरोपमा काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ परेका एकजनालाई अदालतमा सोमबार गौवध मुद्दा दर्ता गरेको छ । सिन्धुपाल्चोकको नवलपुर गाविस–१ निवासी ३५ वर्षीय विशाल न्यौपानेलाई गाईको दुईवटा खुट्टासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

त्यस्तै, प्रहरी टोलीमाथि हातपात गर्न खोज्ने दुईजनालाई पनि केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ । जिल्लाको चण्डेनीमण्डन गाविस–६ बस्ने १८ वर्षीय सहर तामाङ र १९ वर्षीय मनिष भारतीलाई मादकपदार्थ सेवन गरी प्रहरीमाथि गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!