सोमबारको भूकम्पमा परी एक जनाको मृत्यु

Posted By OS Nepal || Date: 29 November, 2016

काठमाडौंः सोमबार बिहान गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएको गएको भूकम्पले नेपालको पूर्व भागमा धेरै धक्का दिएको थियो ।

बिहानै गएको भूकम्पले आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको हो । प्रहरीका अनुसार हिमपहिरोमा पुरिएर खुम्जुङका फुनुरु शेर्पाको मृत्यु भएको हो ।

उनी सँगै रहेका एक फ्रान्सेली पर्यटक भने घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । भूकम्प लगत्तै यस्तै चौँरीखर्कमा दुई घरसमेत भत्किएको प्रहरीले जनाएको छ ।

सोमबारको भूकम्प गेरखा भूकम्पको पराकम्पन भएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सोमबारको ५.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो भूकम्प ०७२ वैशाख १२ गतेको ७.६ म्याग्निच्युड भूकम्पकै ४७४ औं परकम्प भएको केन्द्रको भनाइ छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!