हाम्रै नेपालमा : सामुदायिक रेडियोमा भँगेरो स्टेसन म्यानेजर !

Posted By OSNepal, California, USA || Date: 29 November, 2016

vagero-birdअछाम मंसिर १४ – रेडियाको स्टेसन म्यानेजर पदमा भँगेरो नियुक्त भएको छ।  अछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफएमले रेडियोको स्टेसन म्यानेजरमा भँगेरो नियुक्त गरेको हो।

रेडियोको प्रशारण केन्द्रमा १ वर्षदेखि बसिरहेको भँगेरोलाई सोमबारबाट लागू हुने गरी मानार्थ स्टेसन म्यानेजर पदमा नियुक्त गरिएको कार्यकारी निर्देशक वेदप्रकाश तिमल्सिनाले बताए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

लोपन्मुख अवस्थामा रहेकाले पन्छीको संरक्षणका लागि दबाब पुगोस् भन्ने उदेश्यले भँगेरोलाई स्टेसन म्यानेजर नियुक्त गरिएको रेडियोले जनाएको छ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!