ललितपुर जिसस प्रमुखमा ऋषिदेव, उपप्रमुख थिङ — OSNepal

ललितपुर जिसस प्रमुखमा ऋषिदेव, उपप्रमुख थिङ

LC (KTM) June 02, 2022 0

ललितपुर, १९ जेठ

ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा थिङको मात्रै उम्मेदवारी परेको थियो । मुख्य निर्वाचन कार्यालय ललितपुरका निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ वटा पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएको बताए । उम्मेदवारहरु निविरोध निर्वाचित भएको भए पनि घोषणा भने भइनसकेको उनले जानकारी दिए ।

शिवाकोटीले भने, ‘अपरान्ह १ बजे घोषणा हुन्छ । २ बजे शपथ ग्रहणको कार्यक्रम छ । उम्मेदवारहरु निविरोध भएको भए पनि निर्वाचन प्रकृया भने अझै बाँकी नै छ ।’
खुल्ला सदस्यमा कांग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन्। अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोष राज केसीले जानकारी दिए ।

जिल्लाको ७१ वडा मध्ये ३८ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो । नेकपा माओवादीले वागमती महाँकालको उपप्रमुख जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर