सुडानबाट आयो नेपालीका लागि अत्यन्तै दुख:द खबर…

Posted By OS Nepal || Date: 29 November, 2016

काठमाडौं, १४ मंसिर । सुडानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयमा कार्यरत दुई नेपाली विद्रोही समूहको अपहरणमा परेका छन् । पश्चिम डार्फर राज्यको राजधानी जेनेइनाबाट आइतबार दुई नेपाली र एक स्थानीयलाई विद्रोही समूहले अपहरण गरेको हो । सुडान र नेपाल सरकारले अपहरणको पुष्टि गरेका छन् । suda-mmap-md‘हतियारधारीको समूहले आइतबार तीनजना युएनएचसिआरका स्टाफ (दुई जना विदेशीसमेत) लाई अपहरण गरेका छन् । प्रहरीले अपहरणकारीको खोजी जारी राखेको छ’, पश्चिम डार्फर राज्य सरकारका प्रवक्ता अब्देल्लाह मुस्ताफाले एएफपीसँग भने । यसबारे सुडानस्थित युएनएचसिआरका प्रतिनिधि नोरिको योसिदा तथा जेनेभास्थित युएनएचसिआर मुख्यालयका प्रवक्ता एड्रिन एडवार्डलाई सम्पर्क गर्दा उनीहरूले जवाफ दिएनन् ।

युएनएचसिआरका कर्मचारीलाई अपहरणकारीले जबर्जस्ती गाडीमा हालेर अज्ञात स्थलतर्फ लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । जेनेइनाको मुख्य मस्जिदनजिकैबाट उनीहरू अपहरणमा परेको स्थानीयले जानकारी दिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!