दर्जनौ गोली हानेर पाकिस्तानी अभिनेत्रीको हत्या

Posted By OS Nepal || Date: 29 November, 2016

timthumbएजेन्सीः पाकिस्तानी अभिनेत्रीको क्रुर हत्या भएको छ । पाकिस्तानी रंगमन्चकी चर्चित अभिनेत्री किस्मत बैगको गोली हानी बर्बरतापूण्र्ढा तरिकाले हत्या गरिएको हो।

अज्ञात व्यक्तिको समूहले अभिनेत्रीमाथि गोली हानेको पाकिस्तानी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभिनेत्रीको हत्या बर्बरतापूर्ण तरिकाले भएको छ । उनको हात तथा पेटमा ११ गोली लागेको प्रहरीको भनाइ छ ।

अभिनेत्री बैगको एक कार्यक्रम सकेर घर फर्किने क्रममा हत्या भएको छ । गाडीमा घर फर्किरहेको अवस्थामा हमलाकारीले उनका गाडी चालकलाई समेत गोली हानेका थिए।
गोली लागेर चालक भएपछि अज्ञात व्यक्तिले अभिनेत्रीमाथि लगातार गोलीको बर्षा गरेका थिए । गोलीका कारण घाइते चालकको अवस्था गम्भीर रहेको छ ।
हमलाकारीले बैगलाई त अब कहिल्यै नाच्न पाउने छैनस् भनेर गोली हानेको चालकले बताएका छन् । आक्रमणमा तीन जना सहभागी भएको उनले बताए । आक्रमणकारीले पहिला गाडीको सिसा फोडेर गोली खोलेका थिए ।

उक्त समूहले मोटरसाइकल र कारबाट उनको पिछा गरेको अनुमान प्रहरीले गरेको छ । यस अघि समेत बैगमाथि पटकपटक आक्रमण भएका थिए ।
बैगको हत्याको रहस्य भने अझै खुल्न सकेको छ । प्रहरीले भने उनको हत्याको कारण उनले प्रेम सम्बन्ध हुन सक्ने अनुमान गरेको छ । बैगको सम्बन्ध एक उद्योगपतिसँग भएको तर केही व्यक्तिले सो नरुचाएकाले उनको हत्या भएको बताइएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!